Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई पारिवारिक समस्या : श्रीमती पछि बुहारी पनि अस्पताल भर्ना !

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । यता, प्रचण्ड बुहारी तथा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर पनि अस्पताल भर्ना भएकी छिन् ।

उनी ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन । उनलाई सामान्य ज्वोरो आएपछि सोमबार बेलुका हस्पिटल लगिएको उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिएका छन् ।

डाक्टरहरुले पनि आरामका लागि एक दुई अस्पतालमै बस्न भनेपछि बसेको स्वकीय सचिव मगरले बताए । यसैबीच पुत्र पकाश दाहालको निधनपश्चात लगातार स्वास्थ्य समस्या खेप्दैं आएकी सीता दाहालको स्वास्थ्य झनैं बिग्रेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्तालमा भर्ना भएकी छन् । रुघाखोकी र ज्वरो आएपछि उनलाई बिहान सुमेरु अस्ताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो,’ अस्पताल श्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ।’ सीताको उपचारमा डा।युवराज शर्मालगायत चिकित्सक खटिएका छन् ।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगद्वारा पीडित छिन् । अध्यक्ष प्रचण्डले पत्नी सीताको नेपालमा मात्रैं नभई विदेशमा लगेर पनि उपाचार गराएका छन ।

धेरैंजसो सामान्य रहने सीता दाहाल कहिलेकाँही भने गम्भिर अवस्थामा पुग्ने गरेको पारिवारीक श्रोतले बताएको छ ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्