Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकांश सवारी चालकमा उच्च रक्तचाप

नवलपरासी : नवलपरासीमा चल्ने सवारीसाधनको अधिकांश चालकमा उच्च रक्तचाप रहेको भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाट, अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटको आयोजना र चिसापानी अस्पतालको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य परीक्षणमा अधिकांशमा उच्च रक्तचापको समस्या भेटिएको हो ।

बर्दघाटको टिसियन चोकमा गरिएको १५१ चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरुमध्ये अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए ।

खानपान , पर्याप्त आरामको अभाव, बाटोमा आउने विभिन्न समस्याले तनाव हुने भएकाले प्राय चालकहरुमा उच्च रक्तचापको समस्या बढी देखिने गरेको चेकजाँचमा संलग्न चिकित्सकको भनाइ छ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्