Logo
१५ बैशाख २०८१, शनिबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम बलमा राजेन्द्र महतोले हाने छक्का : मधेशी शहीद कल्याण कोष स्थापना, महेन्द्रराय बने संयोजक

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपाल राजपाले बलिदान दिवसको अवसरमा ‘मधेशी शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको शनिवार बसेको बैठकमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्झनामा एउटा शहीद कोष बनाउने निर्णय गरिएको हो ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको अन्तिम बैठकले मधेशी शहीद कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । शहीदहरूको सम्मानका लागि शहीद परिवारलाई आर्थिक रूपले सबल बनाउन कल्याण कोष स्थापना गरिएको जानकारी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।

उनले यस कोषमा पार्टी र प्रदेश सरकार सहित समाजका विभिन्न क्षेत्रलाई सहयोग गर्न आह्वान गरिने बताए । बैठकले महेन्द्रराय यादवलाई आगामी दुई महीनाको लागि अध्यक्ष मण्डलको संयोजकको जिम्मेदारी दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्