Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोटको पहिचान : तारुकामा साँढे जुधाइको भव्य उत्सव

नुवाकोट : नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ ।

फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा करिब एक सय ५० वर्षदेखि चल्दै आएको छ ।

यो वर्षको मेला मंगलबार जारी छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह माघे सङ्क्रान्तिका बेला हालको गोरुजात्रा हुने स्थान चन्दनीस्थित मामाघर आउँदा भाञ्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा सुरु गरेको बताइए पनि यकिन इतिहास भेटिएको छैन ।

यही परम्परा अन्त पनि विस्तार हुँदै क्रमशः राजधानी र वरपरका धेरै जिल्लाको लागिसमेत मनोरञ्जनको माध्यम बनिसकेको पाइन्छ ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्