Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा लगानीको वातावरण अध्ययन गर्न १९ सदस्यीय जापानी टोली नेपाल आउने

काठमाडौं : नेपालमा लगानीको वातावरणबारे अध्ययन गर्न जापानबाट एक टोली नेपाल आउने भएको छ । वैदेशिक कृषि, व्यापार लगायतको विषयमा केन्द्रित रहेर जापानका सरकारी अधिकारी तथा विज्ञहरुसहितको १९ सदस्यीय टोली नेपाल आउने भएको हो ।

जापानको कृषि, बन तथा मत्स्य मन्त्रालयका बैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा टोली नेपाल आउन लागेको नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले बताए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालसँग सोमबार भेटघाट गर्दै राजदूत साइगोले उच्च प्रविधिमा आधारित फलफुल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवद्र्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताएका छन् ।

माघ ८ गते काठमाडौं आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् नार्क लगायतसँग छलफल गर्नेछ ।

मन्त्री खनालले यही विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए ।

त्यस्तै मन्त्री खनालले बजार प्रवद्र्धन, ठूलो स्केलको फलफुल परियोजना, दीगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदुत मासामिचिसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्