Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापती भारत जाँदै गर्दा खुसुक्क आएर फर्किए अमेरिकी-इन्डो प्यासिफिक कमान्डका प्रमुख

काठमाडौँ : इन्डो प्यासिफिक रणनीतिमा संलग्न हुनेबारे नेपाल सरकार केही अगाडि बढिरहँदा उक्त कमान्डका प्रमुख खुसुक्क नेपाल आएर फर्किएका छन् । प्रधानसेनापती पूर्णचन्द्र थापाको भारत भ्रमणको पुर्वसन्ध्यामा डेभिडसन नेपाल आएका हुन् । प्रधानसेनापती थापा शुक्रबार नै भारततर्फ लागेका छन् ।

एडमाइल फिलिप एस डेभिडसन दुई दिने भ्रमण पश्चात शुक्रबार स्वदेश फर्किएका हुन् । छोटो भ्रमणमा डेभिडसनले प्रधामन्त्री केपी ओली, रक्षामन्त्र, प्रधानसेनापति लगायत उच्च सरकारी अधिकारीसँग भेटेघाट गरे ।

उनले पाँचखालस्थित नेपाल सेनाको तालिमकेन्द्रको पनि स्थलगत निरीक्षण गरेका थिए। डेभिडसन बिहीबार नेपाल आएका थिए । गत महिना अमेरिकी विदेशमन्त्री माइक पम्पियोको निमन्त्रणामा हालै अमेरिका पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटघाटपछि अमेरिकी सरकारले जारी गरेको प्रेश विज्ञप्तीमा नेपालले इन्डो प्यासिफिक रणनितीमा केन्द्रीय भुमिका खेल्ने दावी गरेको थियो । यद्यपि नेपाल सरकारले यस विषयमा कुनै निर्णय लिइनसकेको दावी गरेको छ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्