Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी महिला पत्रकार उमा सिंह हत्याको आज एकदशक, यसरी भएको थियो उनको हत्या

जनकपुरधाम : जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स हत्या भएको थियो ।

जनकपुर उपमहानगरपालिका १४ रजौल स्थित राति ९ बजे डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार सिंहको निर्ममतापूर्वक हत्या गरेका थिए । सहिद पत्रकार सिंहको दशौं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दीप प्रज्वलन गरी मनाउने भएको छ ।

आज साँझ जनकपुरको जनकचोकमा दीप प्रज्वलन गरी गपत्रकार सिंहको स्मृति दिवस मनाउने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । उनले उक्त सहिद पत्रकार सिंहको अवसरमा आयोजन हुन लागेको दीप प्रज्वलनमा सहभागि भईदिन सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।

पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए । पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् ।

घटनामा संलग्न सहिद पत्रकार सिंहकी भाउजु ललिता जन्मकैदको साजय भुक्तान गरिरहेको बेला गत वर्ष जलेश्वर कारागारबाट रिहा भइसकेकी छन् । जिल्ला अदालत धनुषाको आदेशमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी ललित गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा जेलबाट छुटिसकेकी छन् भने घट्नामा संलग्न अन्य दोषीहरु अझै कानुनी दायरमा आउन सकेका छैनन् ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्