Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमका नवनियुक्त कार्यकारी निर्देशकले भने- संस्थाभित्रको विकृति हटाएरै छाड्छु

 काठमाडौं : नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम भित्रका विकृति र विसंगति हटाएर सुदृढ गर्ने बताएका छन ।

आयल निगमको ४९ औं बार्षिक उत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उनले निगमलाई सुधार गर्नका लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागु गर्ने बताए । उनका अनुसार निगमलाई अघि बढाउनका लागि योजना बनाएर कार्यान्वयन गर्दै लगिनेछ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले ग्यासमा दिइएको सुविधा सबैलाई दिन नसकिने स्पष्ट पारे ।
उनले भने,‘आयल निगम घाटामा छ, घाटाको संस्थानले दिएको सहुलियतमा कसैलाई रमाउन दिन्न ।’

उनका अनुसार हाल ग्यासमा भैरहेको दुरुपयोग रोक्न मन्त्रालयले कडा कदम चल्न लागेको छ । यसका लागि मापदण्ड बनाइदैछ । मन्त्री यादवले ठूलाबडाले ग्यासमा लिएको सहुलियतको सुविधा खोसेरै छाड्ने बताए ।

उनले भने,‘सहुलियत भनेको गरिव, निमुखा नहुनेले लने हो । राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, पूर्वराजा, पूर्वप्रधानमन्त्री, सचिवहरुले लिने होइन ।’

मन्त्री यादवले तत्काल यस्तो दुरुपयोग रोक्नेबारे ठोस योजना बनाउन निगमका कार्यकारी निर्देशकलाई समेत आग्रह गरेका छन् । उनका अनुसार उच्चपदस्थ व्यक्तिबाटै यस्तो सुविधा उपयोग हुनु लज्जास्पद हो ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्