Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमले घटायो आन्तरिक हवाइ इन्धनको मूल्य

काठमाडौं : नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तरिक उडानको लागि प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

निगमको ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आयलन निगमका नायव निर्देशक सुशिल भट्टराइले विहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाइएको जानकारी गराएका छन् ।

घटाएको मूल्यअनुसार हवाइ इन्धनको आन्तरिक सेवा तर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो ।

मन्त्री यादवले पेट्रोल तथा डिजेको मूल्य निरन्तर घटाएर समायोजन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य हवाइ इन्धनको मूल्य पनि घटाउन थालिएको बताएका हुन् ।

उनले केही समयमा बाह्‍य हवाइ इन्धनको मूल्य पनि घटाउने जानकारी गराएका छन् । मूल्य घट्दा भाडा नघटाउने अवस्थाको भने अन्त्य गर्नु पर्ने मन्त्री यादवको भनाई छ ।

उनले पेट्रोलमा ६ रुपैयाँ मूल्य द्घट्दा समेत भाडा नघटेको अवस्था रहेको बताउदै बढाउदा बढाउने तर घटउदा नघटाउने निजी क्षेत्रको प्रवृत्ती अन्त्य गर्नु पर्ने बताएका हुन् । मन्त्री यादवले पेट्रोलको मूल्य धेरै घटाउनु पर्ने भए पनि दशैँको समयमा लागेको घाटा मिलाउनको लागि कम घटाइएको समेत जानकारी गराए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्