Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘‘हामी परम्परागत प्रणालीबाट माथि उठ्ने प्रयासमा छौं”

जाडो याममा गत वर्ष भन्दा यस वर्ष उपत्यकामा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग भएको थियो । तर यस वर्ष बढेर ४०० मेगावाट पुगेको छ । जाडो मौसममा बिजुलीको माग बढे सँगै यो वर्षमा भने विगतको भन्दा निकै उच्च छ ।

जाडो मौसममा एसी, हिटरलगायतका धेरै बिजुली खपत हुने यन्त्र उपकरणहरु चल्छन् । अहिले शहरमा एसी राख्ने क्रम तीव्र भएको छ । लाइन जाँदैन भन्ने प्रत्याभूतिले पनि सिंगल लाइनका ग्राहकहरू थ्री फेज लाइनमा जाँदै गरेका विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए ।

उनले भने, अहिले एसी चलाउनकै लागि धेरै ग्राहकले थ्री फेज जोड्दै छन्, यसैका कारण हाम्रो वितरण प्रणालीमा लोड बढेको छ । प्रणालीको मागअनुसारको बिजुली दिन प्राधिकरण सक्षम रहेको उनले बताए । अहिले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका घिसिङ्ले बताए । उनले भने, केही समयपछि त हामीले लौन बिजुली बढी खपत गरिदिनुपर्‍यो भन्ने अवस्था नै आउँदैछ । त्यसैले अहिले डिमान्ड बढेर हामीलाई राम्रै भएको छ ।

घिसिङ्ले भने, पर्याप्त बिजुली भएर मात्रै हुँदैन, त्यसलाई वितरण गर्नका लागि भरपर्दो सिस्टम पनि हुुनुपर्ने बताएका छन् । लोड बढेपछि पुरानो सिस्टम फेल हुनु स्वाभाविक नै हो ।

विगतमा बिजुलीको अभावकै कारण सिस्टम सुधारबारे ध्यान दिइएन । अहिले अभावको व्यवस्थापन भयो, त्यसले जनतामा निरन्तर बिजुली आपूर्तिको विश्वास नयाँ उचाइमा पुग्यो । र, खपत दर बढ्दै गयो तर, सिस्टम भने पुरानै रहेको घिसिङ्ले बताए ।

उनले भने, सबैले बुझ्नुपर्ने कुरा के हो भने जुन क्षेत्रमा जुन परिमाणको लोड छ, त्यसअनुरुप नै सब स्टेशनदेखि तार, जम्पर ट्रान्सफर्मरहरु हुनुपर्छ । बिजुलीको लोड सधैँ एकैनास भएर आउँदैन । कुनै समय बढ्छ, कुनै समय घट्छ । हामीले सम्भाब्य उच्चतम् लोडलाई हेरेर सिस्टमलाई तयार राख्नुपर्छ ।

जाडोमा लोड बढ्दै जाँदा सब स्टेसन, टान्सफर्मर र वितरण सञ्जाललाई पनि अपग्रेड गर्नुपर्छ । जाडोमा लोड बढेपछि धान्न नसकेर अहिले तार नै जलेर छिन्ने, ट्रान्सफर्मर पड्किने लगायतका समस्या देखिँदैछन् । हामी त्यसलाई तुरुन्त समाधन पनि गर्दैछौं ।

उनले भने, काठमाडौंमा तारको गञ्जागोल छ । यो गञ्जागोलमा समस्या आउँदा कहिलेकाँही एउटा प्राविधिक समस्या सुल्झाउन घण्टौं लाग्न सक्छ । के कहाँ छ, पत्तो हुन्न । कसरी गर्ने भन्ने निर्णय लिन प्राविधिकलाई पनि सहज छैन । यस्तो बेलामा आधा घण्टा लाइन आएन भने पनि आलोचना भइहाल्छ । यसलाई अब स्वाभाविक नै मान्नुपर्ला । यस्ता धेरै समस्याहरुसँग हामी जुधिरहेका छौं ।

हालै अन्डरग्राउड केबलिङका लागि पनि प्रयास थालेका छौं । सिस्टमलाई विश्वसनीया बनाउन कुनै एउटा क्षेत्रको सब स्टेशनमा समस्या आउँदा अर्को क्षेत्रबाट लाइन दिनुपर्ने हुन्छ । त्यसका लागि धेरै प्राविधिक तयारी गर्नुपर्छ । हामी परम्परागत प्रणालीबाट माथि उठ्ने प्रयासमा छौं । यसलाई वैज्ञानिक र विश्वसनीय बनाउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्