Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आत्महत्याका घटना बढ्दै, स्थानीय र जनप्रतिनिधि चिन्तित

नेपालगञ्ज : बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । ‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ ।

योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उनले बताए । गाउँपालिकाले आप्mनो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार, बढैया ताल गाउँपालिकामा आर्थिक वर्ष २०७३/७४ मा १७ जना, २०७४/७५ मा २१ जना र चालू आर्थिक वर्षको अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् । ‘‘यो डरलाग्दो तथ्याङ्क हो, यसले राम्रो सन्देश प्रवाह गर्दैन्’’ क्षेत्रीय प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा आशिष दत्तको भनाइ छ ।

आत्महत्या मनोवैज्ञानिक तथा जैविक एवं सामाजिक जटिलता हो । विज्ञानले यसलाई मनो-सामाजिक जटिलतासँगै गम्भीर मानसिक समस्याको रुपमा लिने गरेको छ । यस्तो मानसिक अवस्थाको तत्काल उपचार गर्नुपर्ने डा दत्तको सुझाव छ । बढैयाताल गाउँपालिकाले अहिले डा दत्तकै अगुवाइमा खासगरी किशोरकिशोरी र युवा वर्गलाई मानसिक रोग, आत्महत्या गर्ने कारण, मनोरोग, लागुऔषध सेवनबाट हुने प्रभाव तथा यसको रोकथाम र उपचार विधिका विषयमा प्रशिक्षण दिने गरेको छ ।

मानसिक रोग विज्ञेषज्ञ डा दत्तका अनुसार, नेपालमा आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरका नागरिकको सङ्ख्या धेरै छ । “डिप्रेसनमा परेका, एक पटक आत्महत्याको प्रयास गरेका, लागुऔषधको सेवनकर्र्ता, गतिशील सोचमा हरेस खानु, निराशावादी व्यक्ति, एक्लोपन, एकल महिला, सामाजिक रुपमा सहयोग नपाउने, बहिष्कारमा परेकामा आत्महत्याको जोखिम उच्चमा रहेको छ ।

बर्दियाको बढैयातालमा भएका आत्महत्याको तथ्याङ्कले पनि त्यहाँ मानसिक रोगको जोखिमतर्पm सङ्केत गरेको छ । त्यसैलाई दृष्ट्रिगत गरी विशेषज्ञको परामर्शका आधारमा गाउँपालिकाले आत्महत्या विरुद्धको अभियान नै सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्