Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध एयरको नयाँ कम्पनीमा सर्वसाधारणको शेयर खुल्ला गर्ने, पोखरामा अब विदेशी पर्यटक बढ्ने

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिइरहेको बेला नेपाली आकाशमा उडान गरिरहेको बुद्ध एयरले पनि अन्तर्राष्ट्रिय उडानको तयारी सुरु गरेको छ । अबको दुई वर्षसम्ममा निर्माण सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नै बुद्धले पहिलो अन्तर्राष्ट्रि उडान सुरु गर्ने भएको हो ।

पोखरामा बर्सेनि विदेशी पर्यटकको संख्या बढेको र पोखरा र यस आसपासको क्षेत्र घुम्ने विदेशी पर्यटक अझ बढ्ने अनुमान गर्दै बुद्धले तयारी थालेको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जानकारी दिए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिइरहेको र बुद्ध एयरले पनि अन्तर्राष्ट्रिय बजारमा उडानको तयारी गरिरहेको समय पनि मिल्यो,’ जोशीले भने, ‘हाम्रो कम्पनीले अबको छ महिनाभित्र त्यसको लागि आर्थिक पाटो सकेर वैदेशिक उडानको लागि नयाँ कम्पनी खोल्ने गरी काम अघि बढेको छ ।

त्यस बीचमा हुने अरू सबै तयारी सकिन्छ । बुद्धको तयारी भनेको पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै बुद्धले पनि अन्तर्राष्ट्रिय उडान भर्ने गरेर हो ।’ उनका अनुसार बुद्धले नयाँ कम्पनीको नाम बुद्ध एयर इन्टरनेशनल कम्पनी प्राली राख्ने भएको छ ।

अन्तर्राष्ट्रिय उडानको लागि बुद्धको नयाँ कम्पनी पोखरामै स्थापना हुनेछ। अन्तर्राष्ट्रिय उडानमा बुद्धको प्रवेश नयाँ कम्पनी स्थापना गरेर अन्तर्राष्ट्रिय उडान अनुमति, ठूलो जहाज भित्र्याउने विषयमा तयारी सुरु भएको उनले जानकारी दिए ।

नयाँ कम्पनीमा सर्वसाधारणको शेयर खुल्ला गर्ने विषयमा पनि छलफल भएको बुद्धले जनाएको छ । बुद्ध एयरले यसअघि नै अन्तर्राष्ट्रिय उडानको लाइसेन्स (अनुमतिपत्र) लिइसकेको छ ।

अन्तर्राष्ट्रिय उडानमा भारतको लागि उडान भरिरहेको बुद्धले अन्यत्र देशको लागि प्रक्रिया अघि बढाएको हो । बुद्धले अहिले हप्ताको २ फ्लाइट काठमाडौं–बनारस उडान भरिहेको छ । बुद्धसँगै नेपाली एयरलाइन्स सिम्रिक एयरलाएन्सलगायत केही कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्नका लागि पोखरामा तयारी थालेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नयाँ जहाज किन्ने तयारीमा बुद्ध आउँदो माघ महिनापछि बुद्धले नेपाली आकाशमा उँडान भर्नका लागि थप दुइ वटा जहाज भित्र्याउने भएको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्