Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाको नाममा जग्गा जास गर्दा लाग्ने शुल्कमा सरकारले राख्यो छुटको व्यवस्था

हुम्ला : हुम्लामा पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको छ । महिलाको नाममा जग्गा जास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण हुम्लामा बढेको हो ।

हुम्लामा गएको २ बर्ष अगाडी महिलाको नाममा जग्गा पास गर्नेको संख्या शुन्य थियो भने पछिल्लो केही समय यता महिलाको नाममा सम्पतीको पहुँज पुग्न थालेको छ । गएको साउन महिला यता पुस महिनाको तेस्रो हप्ता सम्ममा ३५ जना महिलाकोे नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालय हुम्लाका कम्प्युटर अपरेटर मिम सिंह नेपालीले बताए ।

आर्थिक वर्ष ०७४/७५ मा ७८ वटा मध्ये महिलाको नाममा ३५ जना, दलित २,सरकारी तथा संघसंस्था गरि ७ वटाको नामा जग्गा पास भएको जिल्ला मालपोत कार्यालय हुम्लाले बताएको छ ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ती तथा पारिवारीक मामिलामा महिलाको सम्मान हकको कुरा उल्लेख गरेपछि हुम्लामा पनि महिलाको संख्या बढेको मालपोत कार्यालयका कप्युटर अप्रेटर नेपालीले जानकारी दिए ।

महिला लाई जग्गा पास गर्दा लाग्ने दस्तुर २५ प्रतिशत छुट दिएकै कारणले महिलाको सम्पत्तिमा पहुँच पुगेको हो । सधै भरि पुरुषको नाममा जग्गा दर्ता गर्ने संस्कारले पनि महिलाहरुको अधिकार सम्पती बाट बाहिर थिए ।

सरकारले महिलाको लागि सहज कानुन ल्याए पछि सम्पत्तिको हकदार पुरुष बराबर भएकोले पनि अब देखि महिलाका नाममा जग्गा पास गर्नेको संख्या गत बर्ष भन्दा यस बर्षमा बढेको जिल्ला मालपोत कार्यालयले बताएको छ ।

महिलाको नाममा भएको लालपूर्जालाई एक महिना भित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु एक सय मात्रै खर्च लाग्ने नियम छ । महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले हुम्लाले जनाएको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्