Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा गगनको यस्तो रुप, टुँडिखेलमा ओलीको पनि अर्कै स्वरुप (हेर्नुस् देशभरका तस्विर)

गगनको रुप, टुँडिखेलमा ओलीको स्वरुप 

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आइतबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ बर्ष र ‘सार’ को अर्थ फेरिनु हो । गुरुङ समुदायले नयाँ बर्षको रुपमा आजको दिनलाई धुमधामका साथ मनाउने गरेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको जनविश्वास छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्बदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

हेर्नुस् फोटोफिचर : 

ल्होसार पर्वको अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद चितवनले भरतपुरको तीनखोले गुम्बामा आयोजना गरेको कार्यक्रममा आइतबार गुरुङ पहिरहन ग्रहण गर्दै. नेपाली काँग्रेसका नेता गगन थापा । तस्बिरः कृष्ण आचार्य
नेपाली काँग्रेसका नेता गगन थापा आइतबार तमु ल्होसार पर्वको अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद चितवनले भरतपुरको तीनखोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दैै । तस्बिरः कृष्ण आचार्य,भरतपुर
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा सहभागी हुन आउँदै गरेका गुरुङ भेषभूषामा सजिएका महिला । तस्वीर : रोशन सापकोटा
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा आइतबार काठमाडौँमा निकाएको ¥याली । तस्वीर : रोशन सापकोटा, रासस

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा आइतबार काठमाडौँमा निकाएको सांस्कृतिक झाँकी । तस्वीर : रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित गुरुङ जातिको नयाँ वर्ष तमु ल्होसार समारोहमा स्वागत गरिँदै । तस्वीर : रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित गुरुङ जातिको महान पर्व तमु ल्होसार कार्यक्रममा सहभागी हुँदै । तस्वीर : रोशन सापकोटा

 

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्