Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रत्येक जिल्लामा कुशवाहा सहकारी, राजकुमार सिंहको नेतृत्व नयाँ संचालक समिति

काठमाण्डौ : देशभरका कुशवाहाहरुको जातीय छाता संगठन नेपाल कुशवाहा कल्याण समाजद्धारा संचालित कुशवाहा बचत तथा ऋण सहकारी संस्थाको प्रत्येक जिल्लामा सम्पर्क कार्यालय खुल्ने भएको छ । पछिल्लो ८ वर्षदेखि संचालनमा रहेका उक्त सहकारीको शनिवार काठमाण्डौमा सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन भएको छ ।

शनिवार सम्पन्न साधारणसभाबाट राजकुमार सिंहको नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । सर्वसम्तबाट चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा सिंह, उपाध्यक्षमा परमानन्द मेहता, सचिवमा पवन मेहता र कोषाध्यक्षमा अमलेश्वर महतो चुनिएका छन् । नयाँ पदाधिकारीमा चुनिएकाहरु सबैजना बिगतको कार्यसमितिमा पनि रहेका थिए ।

अध्यक्ष सिंह सचिव थिए भने उपाध्यक्ष मेहता कोषाध्यक्ष र क्रमस सचिव तथा कोषाध्यक्षद्धय मेहता र महतो पुरानो संचालक समितिमा सदस्य थिए । त्यसैगरी नयाँ सचांलक समितिको सदस्यहरुमा रेनु सिंह, हिरालाल महतो, नितेशवर प्रसाद, नन्दु महतो, देवानन्द मेहता, उषा सिंह र पंकज मेहता चयन भएका छन् ।  त्यसैगरी लेखा समितिको संयोजकमा रामचन्द्र महतो, सदस्यहरुमा फगुनी महतो र उमेशकुमार मेहता चयन भएका छन् ।

नवनिवार्चित अध्यक्ष सिंहले सहकारीको प्रत्येक जिल्लामा सम्पर्क कार्यालय खोल्ने र रेमिटान्स तथा इबैकिङ्ग लगनयतका अन्य नयाँ कार्यहरु समेत थाल्ने बताए । उनले कुशवाहा सहकारीलाई पुरै कुशवाहाहरुको आर्थिक ‘हव’को रुपमा स्थापित गर्ने प्रतिबद्धता गरेका छन् ।

सधारणसभाको औपचारिक सत्रमा समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोले सहकारी नै सिगों कुशवाहा समाजको आर्थिक मेरुदण्ड भएकाले सहकारीलाई नयाँ त्वरबाट संचालन गर्नुपर्ने र यसमा सबै कुशवाहाको योगदान हुनुपर्ने आवश्यक्ता रहेको बताएका थिए । उनले कुशवाहा सहकारीलाई अझ मजबुत बनाउनका लागि सेयर सदस्यता बढाउनुपर्ने,राष्ट्रिय सहकारी बैंक, नेपाल राष्ट्र आदिको सहयोग लिई समग्र कुशवाहा समाजको बिकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा समाजका सचिव वीरेन्द्रकुमार मेहताले सहकारीमा आवद्ध नरहेका कुशवाहाहरुको हित तथा लाभका लागि पनि काम कार्य गर्नुपर्ने आवश्यक्ता रहेको औल्याएका थिए । समग्र कुशवाहाहरुको हितका लागि छात्रवृति, एम्बुलेंस संचालन, अस्पताल संचालन आदि कार्यहरु समेत गर्नुपर्ने धारणा राखेका थिए ।

यसअघि अध्यक्ष रहेका रामबाबु महतो उक्त सहकारीका संस्थापक अध्यक्ष हुन् भने उनलाई नयाँ संचालक समितिको प्रमुख सल्लाहकारमा चयन गरिएको छ । लगभग ६ सय सेयर सदस्य रहेका उक्त सहकारीमा आवद्धताका लागि कुशवाहा समाजको आजीवन सदस्य अनिवार्य बन्नुपर्ने प्रवधान रहेको छ भने यो सहकारीमा मात्र कुशवाहाहरुले कारोवार गर्ने गरेका छन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्