Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ यस हप्ताको साप्ताहिक राशिफल (भिडियो सहित)

मेष
स्वास्थ्यमा केही समस्या देखिनेछ। बुधबार, बिहीबार र शुक्रबार भने नयाँ कामको थालनीका योग बन्नेछन्। घरपरिवारमा केही अप्ठ्यारा पक्षहरू आउन सक्नेछन्। विद्या, बुद्धि बढ्ला। आँटेको र चिताएको काममा सफलता मिल्नेछ।

वृष
सातामा निकै महत्त्वपूर्ण कामहरू बन्नेछन्। व्यापार, व्यवसायमा मध्यम लाभ मिल्नेछ। परिवारमा केही अप्ठ्यारा पक्षहरू रहे तापनि समस्या समाधान हुँदै जाने अवस्थाहरू रहेका छन्। लेनदेन र आर्थिक पक्षमा केही अप्ठ्यारा स्थितिहरू आउन सक्नेछन्। यात्रा मध्यम छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मिथुन
साता मध्यम छ। मनमा कौतूहल र चिन्ता रहे तापनि रोकिएका कामहरू बन्नेछन्। केही पारिवारिक अप्ठ्यारा पक्षहरू पनि सजिलै सल्टिएर जानेछन्। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। घरपरिवार, दाजुभाइ, इष्टमित्र र कुलकुटुम्बबीचको सम्बन्ध र सहकार्यमा भने ग्रहले राम्रो साथ दिनेछ। धार्मिक कार्यमा सरिक हुनाले मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाम्पत्य जीवनमा खुसी र उत्साह, उमङ्ग बढ्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। जागिरेहरूका लागि साता त्यति राम्रो देखिएको छैन।

कर्कट
रोकिएका कामहरू बन्नेछन्। स्वास्थ्यमा समस्या देखापर्नेछ। पारिवारिक दिनदशा र ग्रहहरूमा भने सोचेका विषयवस्तुमा सफलता र उन्नतिको वातावरण र परिस्थिति रहनेछ। लेनदेनमा धेरै विचार पुऱ्याउनुपर्नेछ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। शिक्षा क्षेत्र निकै राम्रो देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। नयाँ सवारी साधनको योग बढ्नेछ।

सिंह
विद्या, बुद्धि बढ्नेछ। जागिरेहरूको स्थान परिवर्तन हुन सक्ने देखिएको छ। कुलकुटुम्ब, इष्टमित्रबीच केही अप्ठयारा पक्षहरू रहन सक्नेछन्। आर्थिक मजबुती, उन्नति, प्रगति हुनेछ। घरपरिवारबाट भरपुर सहयोग प्राप्त हुनेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति मिल्नेछ। कृषि क्षेत्रमा निकै लाभ हुने साता रहेको छ। विदेश यात्राका योगहरू बन्न सक्नेछन्।

कन्या
जागिरेहरूका लागि सातामा केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। दाजुभाइबीच अप्ठ्यारा पक्षहरू रहने देखिएको छ। केही झुटा आरोप, प्रत्यारोप बेहोर्नुपर्ने देखिन्छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्ला। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिएको छ। आर्थिक समृद्धि, उन्नतिको साता रहेको छ। यात्रा मध्यम छ।

तुला
साता निकै महत्त्वपूर्ण छ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको योग बन्नेछ। मनमा एकदम कौतूहल र चिन्ता बढ्नेछ। व्यापार, व्यवसायमा लाभ छ। जागिरेहरूका लागि साता मध्यम छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्ला। दाजुभाइ, कुलकुटुम्बबीचको सम्बन्ध र सहकार्य भने निकै राम्रो देखिएको छ। सवारी साधनका नयाँ योग बन्नेछन्। आर्थिक पक्ष मध्यम छ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्ने देखिन्छ।

वृश्चिक
साता निकै राम्रो छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। कृषि क्षेत्रमा लाभ हुनेछ। खानपान र स्वास्थ्यमा विचार पुऱ्याउनुपर्ला। यात्रा सुखद रहनेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति मिल्नेछ। हजुरले गर्न खोज्नुभएको नयाँ काममा निकै राम्रो साथ मिल्नेछ। सन्तानको विद्या पक्षमा केही बाधा र अप्ठ्यारा पक्षहरू आउन सक्नेछन्। खेलाडीहरूका लागि साता मध्यम छ। स्वास्थ्यमा केही समस्या देखिन सक्नेछ।

धनु
यो साता रोकिएको काम बन्नेछ। केही पारिवारिक झैझमेला रहे तापनि साताको बुधबार, बिहीबार र शुक्रबार समस्याहरू सुल्झिनेछन्। यात्रा मध्यम छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। सामाजिक क्षेत्रमा मान, सम्मान मिल्नेछ। नयाँ सवारी साधनका योगहरू बढ्नेछन्।

मकर
आर्थिक पक्षमा केही समस्याहरू रहलान्। व्यापार, व्यवसायमा नयाँ कार्यको थालनीका योग बन्नेछन्। स्वास्थ्यमा थोरै अप्ठ्यारा पक्षहरू रहनेछन्। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। पारिवारिक साथ र सहयोगको वातावरण निकै राम्रो देखिन्छ। नयाँ कार्यको थालनी यहाँले बिहीबार, शुक्रबार वा शनिबार गर्नुभयो भने राम्रो हुनेछ।

कुम्भ
नयाँ कार्यको थालनीको योग छ। मनमा उत्साह, उमङ्ग बढ्नेछ। लेनदेनमा थोरै समस्याहरू रहलान्। व्यापार मध्यम छ। जागिरेहरूका लागि साता त्यति राम्रो देखिएको छैन। हजुरले गर्न खोज्नुभएको काममा बाधा र अड्चन आउन सक्नेछन्। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम छ। साहित्य, सङ्गीतका सर्जकहरूका लागि साता मध्यम छ।

मीन
आर्थिक समस्या रहला। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्ला। मनमा कौतूहल र चिन्ता रहन सक्नेछ। दाम्पत्य र पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ला। खानपानमा थोरै विचार पुऱ्याउनुपर्नेछ। राजनीतिक क्षेत्रमा निकै राम्रो प्रदर्शन हुने देखिएको छ। ग्रहगोचरअन्तर्गत पारिवारिक र दाम्पत्य जीवनमा उन्नति, प्रगति हुने भएकोले नयाँ कार्यको शुभारम्भको लागि यो साता हजुरका लागि उत्कृष्ट रहनेछ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्