Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध लागुऔषध इन्जेक्सनसहित ४ जना रंगेहात पक्राउ

पर्सा : होटलमा बसेर अवैध लागुऔषध लेनदेन गर्ने ४ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा रहेको रानीपोखरी होटलमा बसेर अवैध लागुऔषध लेनदेन गरिरहेका ४ अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

अभियुक्तहरुले होटल रानीपोखरीको कोठा नम्बर १०३ मा बसी अवैध लागुऔषध कारोबार गर्न थालेको सूचनाका आधारमा उनीहरुलाई पर्साबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरीले जनाएको छ ।

कारोवारमा सम्लग्न हुनेहरुले औषध नुर्फिन १०० पिस, फेनार्गन १०० पिस र डाइजिल्याव १०० गरी जम्मा ३०० पिस खरिद बिक्री गर्दै गरेको अवस्थामा होटलको कोठा नम्बर १०३ बाट रंगेहात पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । पक्राउ परेका चारै अभियुक्तलाई लागु औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान पछि कार्वाही अगाडि बढाउने भएको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्ला साविकको खारे गाविस वडा नम्बर ८, हालको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ घर भई ललितपुर कुमारी पार्टी डेरागरी बस्ने उद्धव भन्ने रोशन नेवार, ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २४ को महेश लामा, सोही ठाउँको बर्ष २३ को रोहित तामाङ्ग र बाराको साविक परसटिका गाविस हालको प्रसौनी गाउँपालिका वडा नम्बर ६ घर भई पर्साको वीरगन्ज १६ नगवा बस्ने ४१ बर्षीय राजु साह रहेको उनले बताए ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्