Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित ज्यापू दिवसमा सहभागी हुन आग्रह

काठमाडौं : १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली नेवारी पोशाकसहित सहभागी हुने भएका छन् । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायले गरेको आग्रह प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन् ।

ज्यापू संस्कृतिको झलक दिने बाजागाजा र पहिरनसहित सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू महागुठी नेपाल नेतृत्वको ज्यापू समूदायले ज्यापू संस्कृति अनुसार प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित सो दिवस समारोहमा सहभागी हुनका लागि निमन्त्रणा गरेका थिए ।

सोही निमन्त्रणा प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका हुन् । ज्यापू संस्कृति नेपालको राष्ट्रिय संस्कृति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारको विशेष भूमिका हुने भएकाले सदाझैं यस वर्ष पनि ज्यापू दिवसमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको ज्यापू महागुठी नेपालका अध्यक्ष राजभाई जकर्मीले जानकारी दिए ।

सो दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आफूहरुको नियन्त्रणा स्विकार गरेकोमा पनि अध्यक्ष जकर्मीले आभार व्यक्त गरे । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।

नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्