Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दुकका कारण मृत्यु हुने सबैभन्दा बढी अमेरिकी आदीवासी, हत्या हुनेमा अश्वेत पुरुषको संख्या धेरै

सीएनएन : बन्दुकबाट मृत्यु हुने अमेरिकी आदीवासीहरुको संख्या केहि बर्षको अन्तरालमा पनि पहिलेको रेकर्ड कायमै रहेको एक तथ्यांकले देखाएको छ ।  अघिल्लो वर्ष संयुक्तराज्य अमेरिकामा लगभग ४० हजार मानिसहरु बन्दुकले मरे ।

‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’को तथ्याँकबाट गरिएको विश्लेषणबाट निस्किएको यो नयाँ तथ्याँकले बन्दुकले हुने मृत्यु दशकौं यताकै सबैभन्दा धेरै भएको देखाएको छ । यस्तै खालको विश्लेषण पहिलोपटक एक गैर-नाफामुलक बन्दुकसँग सम्बन्धित नीति वकालत गर्ने समूह ‘एडुकेसनल फण्ड टु स्टप गन भ्वाइलेन्स’ले सञ्चालन गरेको थियो ।

सीएनएनले त्यो विश्लेषणलाई अनुसरण गर्दा सन् २०१७ मा ३९,७७३ मानिस बन्दुकबाट मारिएको पाएको छ । यो संख्या सन् १९९९ को भन्दा १० हजार बढी हो । त्यो वर्ष २८, ८७४ मानिस बन्दुकबाट मारिएका थिए । बन्दुकबाट हुने मृत्यु दरलाई वर्षहरुको समेत समायोजन गर्दा सन् १९९९ मा प्रति १ लाखमा १०.३ मृत्यु हने गरेको थियो, जुन सन् २०१७ मा बढेर प्रतिलाख १२ पुगेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोलका तथ्याँकशास्त्रीहरुले सन् २०१७ मा अमेरिकामा बन्दुकबाट भएको मृत्यु सन् १९७९ यताकै उच्च भएको बताएका छन् । त्यो वर्ष पहिलोपटक बन्दुकबाट हुने मृत्युलाई कुल मृत्यु दरमा सुचिकृत गरिएको थियो । सीएनएनले गरेको विश्लेषणमा सन् २०१७ मा अमेरिकामा बन्दुकले मारिएकामध्ये २३, ८५४ मानिसहरु आत्महत्या गरेर मारिएको पाइएको छ ।

यो संख्या पनि १८ वर्षयताकै उच्च हो । सन् १९९९ मा बन्दुकबाट आत्महत्या गर्नेहरुको संख्या १६,५९९ थियो । त्यो संख्यामा ७ हजार बृद्धि भएको देखिन्छ । सन् १९९९ को तुलनामा बन्दुकबाट हुने आत्महत्याको दर वर्षहरुको समायोजन गर्दा ६.० बाट बढेर ६.९ पुगेको छ ।

तथ्याँकमा बन्दुकबाट हुने मृत्युमा बन्दुक प्रयोग गरेर हुने हत्या र आत्महत्याको साथ साथै असावधानीका कारण बन्दुक पड्केर हुने मृत्यु, युद्धमा हुने मृत्यु वा प्रहरीको कारबाहीको क्रममा हुने मृत्यु पनि समावेश छ । त्यस्तै केही बन्दुकबाट भएका मृत्युको भने कारण पत्ता लागेका छैनन् ।

जब यी तथ्यांकलाई नश्ल र लिंगको आधारमा मूल्याँकन गरियो, अघिल्लो वर्ष बन्दुकबाट मारिएका कुल ३९,७७३ मध्ये २३,९२७ मर्नेहरु गोरा पुरुषहरु रहेको देखिएको छ । यसमा आत्महत्याबाट मर्नेको संख्या समेत समावेश छ ।

सन् २०१७ मा बन्दुकबाट आत्महत्या गर्नेमा सबैभन्दा बढी गोरा नश्लका पुरुषहरु थिए । यो समुहमा आत्महत्या दर प्रति दशहजार १४ थियो ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्