Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवा कांग्रेसको ईतिहाँसमै उदार सावित : उपसभापति सहित पदाधिकारी संख्या थपिँदै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको ईतिहाँसमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहाँसमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन् । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन।’

बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवले शुक्रबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पार्टीलाई संघीय ढाँचामा लैजानेबारे छलफल हुने स्पष्ट पारे । उनले भने,‘पार्टीको आगामी कार्यदिशा कस्तो हुन्छ भन्ने विषयमा पनि हामी गम्भिर छलफल गर्छौं ।’ कांग्रेस कमजोर भयो भने मुलुकमा लोकतन्त्र नै कमजोर हुने भएकोले कसरी लोकतान्त्रि पद्धतीलाई मजबुद बनाउने भन्नेबारेपनि महासमिति बैठकमा छलफल हुने उनले जनाए ।

यादवले अहिले पदाधिकारीको संख्या थपिने पनि जिकिर गरे । उनले भने,‘२ वटा उपसभापति, २ महामन्त्री र २ सह-महामन्त्री हुन्छ । तर, ४ जना उपसभापति हुँदैन् ।’ महासमिति बैठकमा कसैको पनि दुई तिहाई बहुमत नपुग्ने भएकोले विधानमा जे-जे विषय सहमति हुन्छ तीनलाई अघि लैजाने र सहमति भएन भने पूरानै लागु हुने उनको दाबी छ । उनले भने,‘पूरानो विधानपनि वैज्ञानिक छ ।’

सरकार आँफै धर्म प्रचारमा लागेको आरोप

फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’ सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ ।

उनले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाईनमा लागेको पनि आरोप लगाए । यादवले भने,‘सरकार व्यापारमा लागिसक्यो । चीनमाजस्तो कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्दैछ । तर चीनमा त ७ जनाले शासन चलाउँछन् । हाम्रो नेपालमा त चार/पाँच जनाले नै शासन चलाउन खोजेका छन् । अहिले ५० अर्बको योजना सरकारले बिना प्रतिष्पर्धा दिने भनेको छ ।’

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले हिन्दूहरु सशंकित भएका छन् । सरकारले संविधानलाई मिच्न खोजिरहेको छ । यसप्रति कांग्रेस गम्भिर बनेको छ । हामी चिन्तित छौं ।’

तर तपाईकै पार्टीका महामन्त्री शशांक कोइरालाले त हिन्दूराष्ट्रको माग गर्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘त्यो शशांकजीको व्यक्तिगत कुरा हो । पार्टीमा उहाँले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर भन्न सक्नुहुन्न । ८४ प्रतिशत हिन्दूहरुको भएको देशमा हिन्दूराष्ट्रको आवश्यकत्ता नै छैन् ।’

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्