Logo
१५ बैशाख २०८१, शनिबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड, १ जना पक्राउ

काठमाडौं : राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्यन रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव रहेको प्रहरीले जनाएको छ । मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो ।

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्