Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीहरुबाटै संसदीय समितिको अपमान

काठमाडौं : मिनी ससदका रुपमा लिइने संसदीय समितिको बैठकलाई सरकरका मन्त्रीहरुबाटै अपमान हुन थालेको छ ।

समितिहरुले विभिन्न विषयमा सरोकारवाला मन्त्रालयका मन्त्रीहरुलाई बोलाएपनि उनीहरु आउनै छाडेका छन् । सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू संसदीय समितिमै जान छाडेका हुन । मन्त्रीले संसद्का समितिमा अनुपस्थित हुँदा संसदीय समिति सरकारको छायामा परेको छ ।

समितिका सभापतिले पनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्न सकेका छैनन् । मंसिरमा मात्रै संसद्का चार समितिमा मन्त्रीले बैठक छलेका छन् ।
दस दिनअघि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बोलाएको थियो । तर, कार्यक्रम जुधेको भन्दै मन्त्री ढकाल समिति बैठकमा गएनन् ।

यस्तै खानेपानीमन्त्री बिना मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि बिरामी भएको र अन्य ठाउँमा कार्यक्रम जुधेको भन्दै बैठक छलिरहेका छन् । यसले संसदीय समितिको गरिमामा आच पुगेको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्