Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई तिहाईको धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल : नेता सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुटनीतिक मर्यादा बिर्सेपछि सरकार विवादमा तानिएको बताएका छन् । मंगलबार बिहान रामेछापमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दुईतिहाई को धक्कु लगाउने सरकार पूर्ण रुपमा असफल भएको छ, आफ्नो कुटनीतिक मर्यादा बिर्सेको छ, विवादास्पद संस्थाको कार्यक्रममा आयोजक जस्तै बनेर काम गरेको छ यो लज्जास्पद हो, सरकारले कुटनीतिक मर्यादा भुल्न पाईदैँन,’ उनने भने ।

उनले दुईतिहाईको दम्भ देखाउँने सरकारको यो हालत हुनु दुःखदायी रहेको बताए । नेता सिहंले भने विकास बजेट खर्च गर्न सकेको छैन, ऐन कानुन बनाउन सकेको छैन, सत्ताधारी दल नै सरकारको विरोधमा बोल्न थालेका छन्, यो सरकार कस्तो हो भन्ने अब जनताले बुझ्न बाँकी केही छैन, भन्दै पोखेका थिए ।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्