Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया प्यासिफिक समिटको नाममा निकै विवाद बढेपछि एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी

काठमाडौं : सरकारले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का अध्यक्ष एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारी गरेको छ । एसिया प्यासिफिक समिटको नाममा निकै विवाद बढेपछि ढकालले विशेष सुरक्षा माग गरेलगत्तै सरकारले सुक्षा दिने तयारी थालेको हो ।

आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै निवेदन दिएपछि ढकाललाई सुरक्षा दिन लागेको गृह मन्त्रालय स्रोतले बतायो । नागरिक टाइम्ससँगको कुराकानीमा ढकालले आफ्नो कार्यक्रमलाई अनावश्यक रुपमा बढाई–चढाई गरि प्रचार गरिएर आफू लाई ‘धार्मिक गुण्डा’ को रुपमा प्रस्तूत गरिएको गुनासो गरे ।

‘यहाँ नाकारात्मक कुरा निकै चाडो फेलिने रहेछ तर राम्रो कुराको पछाडी को लाग्नुहुन्छ र ?’ प्रति प्रशन गर्दै उनले भने -‘म साकारात्मक भावनाका साथ काम गरेको हो तर यहाँ मलाई ‘धार्मिक गुण्डा’ को रुपमा स्थापित गर्ने प्रयास भइरहेको छ तर्सथ सरकारसँग सुरक्षा मागेको छु ।’

ढकालले विवादित एसिया प्यासिफिक समिट सकिएको दुई दिनपछि १९ मंसिरमा ‘असुरक्षित महसुस गरेको’ भन्दै सरकारसँग सुरक्षा माग गरेका थिए । सुरक्षा माग गरे पनि उनले कोबाट थ्रेट रहेको भन्ने चाहिँ खुलाएका छैनन् । यस विषयमा ढकालसँग बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी मन्त्रालयमा ढकालको निवेदन परेको र त्यस विषयमा निर्णय हुन बाँकी रहेको बताउँछन् ।सुवेदीले भने, ‘उहाँको निवेदन कमिटीमा पठाएका छौं, कमिटीले आवश्यक ठान्यो भने सुरक्षा दिन्छौं ।’ गृह मन्त्रालयमा यसअघि नै सुरक्षा माग गरेर निवेदन दिएका पूर्व मन्त्रीहरू र बहालवाला सांसदहरूका लागि भने सरकारले यस्तो प्रबन्ध गरेको छैन । तर, पूर्वमन्त्री/सांसद समेत रहेका ढकाललाई सरकारले उच्च प्राथमिकतामा राखेर सुरक्षा दिन लागेको हो ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्