Logo
१५ बैशाख २०८१, शनिबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले सिफारिस गरेको चारै जना राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं : विभिन्न चार देशका लागि सरकारले सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो ।

आइतबारको सुनुवाइ समिति बैठकमा प्रस्तावित चारैजना राजदूतको सुनुवाइ भएको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्