Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन ? म निर्मला, मलाई न्याय चाहियो

काठमाडौं : निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै बानेश्वरमा प्रदर्शन भएको छ । उनीहरुले ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘गोर्खालीको देशमा न्यायको अनिकाल’, ‘प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला, मलाई न्याय चाहियो’ लगायत नारा लगाएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म आएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर बोकेका थिए ।

प्रदर्शनमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए । बानेश्वरमा युवाहरुले सडक नाटक समेत देखाएका छन्, जसमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाइएको थियो ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्