Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा नृशंसकृत्य घट्ना : ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार

काठमाडौँ : समाज के साच्चै नै राक्षसी यूगमै फर्किन लागिएको हो त ? यत्तिबेला यो चर्चाको विषय बन्न पुगेको छ । पछि निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोशीलाई अझैपनि कारवाही भएको छैन भने उक्त घटना विरुद्ध दैनिक रुपमै विरोधका कार्यक्रमहरु भइरहेका छन् । तर यसैबीचमा प्रदेश ५ बाट एउटा अर्को घटना सार्वजनिक भएको छ ।

रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबारराति सामूहिक बलात्कार भएको छ । देवदह नगरपालिका-५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हो । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको अवस्थामा उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण भइरहेको छ । बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेकी थिइन् । बालिका बलात्कार गरेको आशङ्कामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जना मध्ये देवदह ७ का १८ वर्षीय जीवन खत्री बलात्कारमा संलग्न रहेको पुष्टि भएको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको हो ।

प्रकाशित मिति: Dec 8, 2018

प्रतिक्रिया दिनुहोस्