Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाँटी च्यापेर आफ्नै छोरीको हत्या गरेको आरोपमा जनकपुरकी ४० वर्षीया मण्डल पक्राउ

काठमाडौं : आफ्नै छोरीको हत्या गरेको आरोपमा जनकपुरमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुरधाम-२४, सोनापडाकी ४० वर्षीया राजकुमारी मण्डल छन् । उनले आफ्नै १६ वर्षीया छोरी सोनी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसहित ४ मतियारलाई पनि पक्राउ गरेको छ ।

यसअघि आमा राजकुमारी र छोरी सोनीबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो । दुई जनाबीचको झगडाका कारण छोरी सोनी घरमा खानासमेत छुट्टै पकाएर खान थालेकी थिइन् । बुधबारसमेत भान्सामा पकाएको पकौडाको विषय लिएर आमा र छोरीबीच झगडा भएको थियो।

त्यसक्रममा सोनीले ढोकामा लगाउने आग्लोले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । प्रतिकारको क्रममा आमा राजकुमारीले समेत छोरी सोनीको घाँटी च्यापेकी थिइन् । त्यसक्रममा सोनीको मृत्यु भयो ।

धनुषाका एसपी गोविन्द थपलियाका अनुसार फर्निचर व्यवसाय गर्दै आइरहेको रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेको सूचनाको आधारमा प्रहरीले तत्काल अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । त्यसक्रममा आमा छोरीको झगडाका कारण बालिकाको मृत्यु भएको खुलेको हो ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्