Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका प्रवक्ताको प्रश्न : गिरिजाबाबुले सम्मान लिँदा शान्तिका दूत, ओलीले लिँदा अपराधी ? 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल बहुजातीय बहुधार्मिक देश भएकोले धार्मिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनु स्वभाविक भएको बताएका छन् । मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले धार्मिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरे ।

सोही सम्मान पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिँदा कुनै आपत्ति नजाइएपनि अहिले विरोध भइरहेको भन्दै आक्रोश पोखे । ‘त्यही अनर लिँदा गिरिजाबाबुलाई शान्तिका दूत भेटियो भनियो ओलीले लिँदा अपराधी जस्तो व्यवहार किन ?’ सञ्चारमन्त्री बाँस्कोटाले भने । उक्त कार्यक्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री पनि उपस्थित भएको भन्दै त्यस्तो कार्यक्रममा प्रधानमन्त्री जाँदा सरकार त्यहाँ भेटिएको बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीले प्रस्तुत गरेको भिजन भन्नुस् मिसनको पछि नलाग्नुस् भन्दै उनले भने,‘ सम्मेलनमा प्रधानमन्त्रीले के बोल्नु भएको थियो ? हाम्रो सभ्यता पूर्वीय दर्शन, हाम्रो शान्ती प्रकृयाबारे प्रधानमन्त्रीले भाषण दिनु भएको छ ।’

एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री केपी ओलीलाई लिडरसिप सम्मानका क्रममा एक लाख डलर नगदसहित सम्मानित गरिएको थियो । धार्मिक संस्थाको कार्यक्रममा गएर सम्मान ग्रहण गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको समयमा सरकारका प्रवक्ता बाँस्कोटाले देशको प्रधानमन्त्री कुनै धर्मप्रति घृणा फैलाउने पात्र बन्न नसक्ने बताएका हुन् ।

प्रवक्ता बाँस्कोटाले निर्मला हत्या प्रकरणबारे न्याय नभेटिएको पोष्टर सार्वजनिक भइरहेको प्रति कटाक्ष गर्दै भने ‘पोस्टर छाप्न मन लाग्नेले लोकतन्त्रमा पोस्टर छाप्न पाइन्छ ।’ कयौं यस्ता घटनामा सरकारले सफलता पाएको भएपनि केही घटना अपवाद बन्न गएको बताए ।

निर्मला हत्या प्रकरणमा सरकारले छानविनमा नै शक्ति र सामथ्र्य लगाइरहेको उनले बताए । ‘हामीले संकल्प गरिरहेका छौं, समय लागे पनि हामी अपराधी समाउँछौं ’ बाँस्कोटाले भने ।

कुनै अपराधीहरु नै पत्ता नलागेको जस्तो गरेर प्रचार भइरहेको भन्दै उनले प्रश्न गरे ,‘सरकारको रुची, इच्छामा अपराध भएको होइन नी ?’ बाँस्कोटाले निर्मला प्रकरणमा अपराधी ल्याएर ठेगान लगाएपछि सरकार भेटिएको देखिने बताए ।

‘घेरा साँघुरिदैछ, अपराधी उम्कन पाउँदैन’ बाँस्कोटाले भने । तर केही कुनै मुद्दा नै नभएको जस्तै यो मुद्दालाई किन उठाइरहिएको छ सोच्न जरुरी छ ? उनले भने ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्