Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतितर्फ राजपाको विवाद, दिल्लीबाट ठाकुर फर्किएपछि सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको विवाद अब सहमतितर्फ उन्मुख भएको छ । अध्यक्ष मण्डलको संयोजकबाट हटाएर राजेन्द्र महतोलाई उक्त जिम्मेवारीमा ल्याएसँगै ठाकुर रुष्ट बनेका थिए ।

पार्टीका अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादवले ठाकुरबारे विवादस्पद अभिव्यक्ति दिएपछि पार्टीभित्र तनाब उत्पन्न भएको थियो ।

तर, अहिले यादव र महन्थ ठाकुरबीच सबै कुरा मिलिसकेको छ । पार्टीभित्रको विवादपनि साम्य हुँदै गएको छ । ठाकुर अहिले भारतमा छन् । उनी एक हप्ताभित्र काठमाडौं फर्किने कार्यक्रम छ ।

ठाकुर काठमाडौं फर्किएसँगै पार्टीको बैठक बस्दैछ । उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एक नेताले जानकारी दिए । अब बस्ने बैठकमा पार्टी सदृढीकरण गरेर लैजानेबारे छलफल हुनेपनि पूर्व सहमति भैसकेको छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्