Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३२ घरधुरीमा बत्ती पुगेपछि प्रतिनिधिसभा सदस्यले गरे उज्यालो वडा घोषणा

भोजपुर : भोेजपुर नगरपालिका-१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि बुधबार एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो ।

वडाका प्रत्येक घरमा विद्युत् गएसँगै स्थानीयवासीले कुटानी पिसानीका लागि सजिलो भएको बताएका छन् भने वडामा काम गर्नका लागि पनि सजिलो भएको छ । विद्यालयमा विद्यार्थीलाई कम्प्युटरको माध्यमबाट ज्ञान दिनका लागि सजिलो भएको शिक्षक बताउँछन् ।

उज्यालो वडाको प्रतिनिधिसभा सदस्य सुदन किराँतीले घोषणा गरेका हुन् । वडालाई उज्यालो घोषणा गर्दै किराँतीले विकासको आधार विद्युत् पनि रहेकाले वडालाई समृद्ध बन्न टेवा पुगेको समेत बताए ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्