Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामदारमैत्री नभएको पाइएपछि कतारसँग पुनः नयाँ श्रम सम्झौता गरिदै

काठमाडौं : सरकारले कतारसँगको पुनः नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ । मलेसियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाल सरकारले कतारसँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको हो ।

यसअघि भएको श्रम सम्झौता अझैसम्म कामदारमैत्री नभएको पाइएपछि पुनः नयाँ श्रम सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारी बताउछन ।

नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर, सो सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग पुनः नयाँ श्रम सम्झौता गर्ने भएको हो । यसअघि भएको समझदारीको १३ वर्षपछि नेपाल र कतारबीच पुनः नयाँ श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

श्रम, रोजगार मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले मलेसियामा जस्तै वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कतारसँग पनि श्रम सम्झौता नवीकरण गर्ने तयारी भएको जानकारी दिए । उनले शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता गर्ने तयारीमा सरकार रहेको बताए ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्