Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ला लिगामा भियारियाललाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

काठमाडौं : स्पेनिस ला लिगा  फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भियारियाललाई २–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा अग्रता लिएको हो ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र कार्लेस एलिनाले एक–एक गोल गरे । ला लिगामा गएराति सेभिया भने डेपोर्टिभो आलाभेजसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

यसैगरी रियाल बेटिसले रियाल सोसिडाडलाई १–० ले हराउँदा एथ्लेटिको मड्रिडले जिरोनासँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलपछि स्पेनिस ला लिगाको अंक तालिकामा १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

२७ अंकका साथ सेभिया दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको एथ्लेटिको मड्रिडको २५ अंक छ । २४ अंकको आलाभेज चौथो स्थानमा रहँदा २३ अंकसहित रियाल मड्रिड पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्