Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसभामा ‘विप्लव’ नआउने, नेकपाको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ : पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौँमा आयोजना गरेको जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहभागी नहुने भएका छन् ।

शनिबार भइरहेको उक्त जनसभामा महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम थियो । तर सुरक्षाको कारण देखाउँदै उनी सहभागी नहुने भएका पार्टीका एक नेताले जानकारी दिए ।

तर उनले पठाएको लिखित शुभकामना सन्देश भने सभामा सुनाइनेछ । जनसभालाई पार्टी प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

विप्लवको शक्ति प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले जनसभामा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

भृकुटीमण्डपमा आयोजना हुने जनसभाका लागि पार्टीले ठाउँ ठाउँबाट र्‍यालीको आयोजना गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो । पार्टी पुनर्गठन भएको उपलक्ष्यमा जनसभाको आयोजना गरिएको हो ।

र्‍यालीका कारण राजधानीको सुन्धारा, रत्नपार्क पुतलीसडक, त्रिपुरेश्वर लगायतका क्षेत्रमा आवागमन प्रभावित बनेको छ ।

प्रकाशित मिति: Nov 24, 2018

प्रतिक्रिया दिनुहोस्