Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारमा कस्तो मिठाई खाने ? हानिकारक मिठाई यसरी छुट्याउनुहोस्

काठमाडौं : मिठाईको पर्व तिहार सबैको दैलोमा भित्रिएको छ । चाडपर्व हो भनेर मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको रहेको हुन्छ, तर, यसरी मनलागी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

तिहारको समयमा प्रयोग हुने धेरैजसो बजारिया खाद्य सामग्री अस्वस्थ पाइने गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट आउने गरेका छन् । मिठाईका परिकार पनि अस्वस्थ हुने गर्दछन् । तिहारको वेलामा मिठाई पसलमा भिडभाड देखिन्छ । तसर्थ, तिहारको समयमा खरिद गरिने मिठाई अस्वस्थ हुन पनि सक्छ ।

चाडपर्वमा स्वास्थ्यमा सुरक्षित हुनु महत्वपूर्ण हुन्छ । तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन् । धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । जो मानिस दीर्घरोगबाट ग्रसित रहेका छन्, जस्तै: डाइबिजिट, मुटुरोग, मधुमेह, उच्चरक्तचापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ ।

फर्मालिनः मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरुले फमार्लिन नाम गरेको रसायन प्रयोग गर्छन् । यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ ।

फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ । यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरुका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपांग बच्चा जन्मिने सम्भावना हुन्छ ।

सिल्भर र आल्मुनियमः तिहारमा खाईने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ । मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा अल्मुनियम पनि मिसाइन्छ । अल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ ।

गर्भवती महिलालाई झन् अशर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औंलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।

रंगिन मिठाई : हेर्दा आकर्षक र रंगिंन मिठाई छन् भने नकिन्नुहोस् । मिठाई बनाउदा रंग मिसाएको पाईन्छ तर कतिपयले राम्रो र आकर्षक देखाउन हानिकारक रंगको प्रयोग गरेका हुन्छन् । यस्ले तपाईको स्वास्थ्यमा नराम्ररी असर पुर्याउछ । बिभिन्न प्रकारका रोगको संक्रमण गराउछन ।

सख्खर (गुड)मा बनाएको मिठाई : गुड अर्थात सख्खरमा बनाईएको मिठाई गुलियो भएपनि हाम्रो स्वाथयका लागी फाईदाजनक छ ।

बढ्दो अस्वस्थ प्रतिष्प्रर्धासँगै आजभोली कृत्रिम गुलियो पदार्थबाट मिठाई बनाउने संस्कारर गर्दा मानव स्वाथ्य नै जोखिममा पर्दै गएको छ । भरसक गुढ, मह र मिसावट नगरिएको खुदोबाट बनाएका मिठाई खान विज्ञको सल्लाह छ । यसको प्रयोगले जो सुकैले सहजै खरमा बनाउन पनि सक्छ ।

मिसावटरहित गुडबाट बनाएका परिकार गुलियो भए पनि स्वास्थ्यलाई फाईदा गर्छ । गुड चिनि जस्तो परिमार्जित नहुने भएको यसमा प्रशस्त आइरन हुन्छ । यस्तै शरिरभित्रको अपवित्र वा दुःषित रगतलाई सफा गरिदिन्छ, जबकी ह्वाईट सुगरले यस्तो कुनै काम गर्दैन । चीनिले ब्लड ग्लुकोजको मात्र बढाउछ तर गुड मिसाएको मिठाइले शरिरमा ब्लड ग्लुकोजको मात्रा बढाउँदैन।

के-के छन गुलियोले गर्ने हानी ?
कमजोर महशुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

सुगरको कुलतः निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

छालामा समस्याः गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ ।

निराश र चिन्ताः बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

रुघाखोकीको जोखिमः गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

अस्वभाविक तौल बृद्धि स् सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ । तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

प्रकाशित मिति: Nov 8, 2018

प्रतिक्रिया दिनुहोस्