Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘तँ अरुसँग सुत्ने गरेको’ भन्दै श्रीमतीको हत्या गरी ३२ वर्षीय श्रीमान फरार

सांकेतिक तस्विर

गुल्मी : मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।  श्रीमतीको हत्या उनै गरेको पुष्टि भएतापनि घटना के कसरी भयो त्यसबारे भने खुल्न सकको छैन ।

नेपालीले बिहिबार राती आफ्नी श्रीमती ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।

घटनाबारे थप बुझनको लागि प्रहरी उपरीक्षक बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिए ।

‘तँ अरुसँग नै सुत्ने गरेको’ भन्दै श्रीमतीसँग निरन्तर झगडा हुने गरको स्थानियहरुको दावी रहेको छ । तर हत्यापछि उनका श्रीमान फरार भएपछि उनैले हत्या गरेको हुनसक्ने प्रहरीको दावी छ ।

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्