Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्कको किनाराबाट सेल्फी खिच्ने भारतीय दम्पत्तीको मृत्यु

सेल्फी खिच्ने क्रममा भीरबाट खस्दा संयुक्त राज्य अमेरिकाको योसेमाइट नेशनल पार्कमा एक भारतीय जोडीको मृत्यु भएको छ । पार्कको किनाराबाट ८ सय फिट तल खस्दा भारतीय दम्पत्ती २९ वर्षीय विश्वनाथ र ३० वर्षीया मीनाक्षी मूर्तिको मृत्यु भएको हो।

उनीहरु इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी हुन् । भीरबाट खस्नुअघि उनीहरुले तस्बिर लिन ट्राइपोड मिलाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यो सेल्फी खिच्ने अमेरिकाको एक प्रसिद्ध पर्यटकीय स्थल हो । अघिल्लो सोमबार भएको घटनामा ज्यान गुमाएका दम्पत्तीको शव हेलिकप्टर र दूरबिनको प्रयोग गरी निकालिएको थियो ।

सन् २०११ को अक्टोबरदेखि सन् २०१७ को नोभेम्बरसम्ममा सेल्फी खिच्ने क्रममा २ सय ५० जनाको ज्यान गएको प्रतिवेदन अल इण्डिया मेडिकल साइन्सेसले प्रकाशित गरेको थियो।

 

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्