Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक विद्यालय एक नर्स : प्रदेश सरकारले माग्यो नर्सको आवेदन

काठमाडाैं : प्रदेश ३ सरकारले सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गर्न भन्दै नर्सका लागि आवेदन खुलाएको छ । रोगबाच बच्न र स्वास्थ्यप्रति सचेत बन्न विद्यालय तहदेखि नर्सको व्यवस्था गरेर विद्यार्थीलाई उपचार र स्वास्थ अवस्था बारेमा जानकारी दिने उद्देश्यले यस्तो सेवा प्रदान गर्न लागिएको प्रदेश ३ सरकारले जनाएको छ ।

त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनौटका लागि प्रक्रिया अघि बढाएको छ।’ पहिलो चरणमा २० वटा विद्यालयमा नर्स छनौटका लागि सूचना प्रकाशित गरी काम अघि बढाएका छौं, ‘सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘प्रदेश तीनका प्रत्येक सामुदायिक विद्यालयमा यो कार्यक्रम पुर्‍याउने लक्ष्य रहेको छ।’

स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले विद्यालयमा नर्स सेवा सुरु गरिएको उनले बताए।’नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिन्छन्, उनीहरुलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँछन्’, मन्त्री दुलालले भने, ‘ प्राथमिक उपचारले ठीक नभएपछि नर्सले बिरामी विद्यार्थी अस्पताल पठाउँछन्।’

‘मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाले मन्त्रालयमा १५ दिनभित्र नर्सका लागि दरर्खास्त दिन सक्नेछन् ।मन्त्रालयले बुधबार नर्स छनौटको सूचना प्रकाशित गरेको छ । मन्त्रालयले विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

चालू आर्थिक वर्षमा छनौट भएका विद्यालयमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुलीस्थित जनज्योति मावि(फोस्रेटार),रसुवास्थित कालिका हिमालयन मावि( कालिकास्थान), रामेछापस्थित मन्थली मावि (मन्थली), नुवाकोटस्थित विन्दुकेशर मावि,तुक्सार (मेघान) र त्रिभुवन मावि (त्रिशुली) रहेका छन्।

त्यस्तै मकवानपुरको महेन्द्र मावि बकैया-४, आधुनिक मावि (हेटौडा), ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा बिध्याश्रम मावि, पार्वती मावि ढुंगखर्क (काभ्रेपलाञ्चोक), काठमाडौँस्थित जनसेवा मावि(पाङ्गा), पद्मकन्या मावि, दोलखास्थित हनुमन्तेश्वर मावि, चितवनस्थित नारायणी मावि(भरतपुर), दुर्गाशेषकान्त अधिकारी मावि(भरतपुर), धादिङस्थित निलकण्ठ मावि(धादिंगबेसी), मावि (बेनिघाट) र बागीश्वरी मावि (भक्तपुर) छनौट भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्