Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बजारबाट भन्सार छली गर्दै साईकलमा ल्याउदै गरेको ४ बोरा पटा जफत

सुनसरी : सुनसरीकाे बबियाबाट सशस्त्र प्रहरी बल भुटाहाले भारतीय बजारबाट पटका भन्सार छली साईकलमा ल्याउदै गरेको अवस्थामा ४ बोरा पटाका सहित ४ वटा साईकल समेत पक्राउ गरेको छ ।

भुटाहा सशस्त्र प्रहरी बलका डिएसपी निर्मल कुमार थापा नेतृत्वको टोलिले अाईतबार बिहान ४ बजे काे समयमा इनरुवा ९ स्थित बबियाबाट पटका सहित ४ वटा साईकल समेत नियन्त्रण लिई पत्रकार समेल गरि भुटाहाका वडा अध्यक्ष, वडा सदस्य स्थानीय समाजसेवी, बुद्धिजिबी अाम नागरिककाे राेबरमा भुटाहा सशस्त्र प्रहरी बलले पटका नष्ट गरेको हाे ।

सशस्त्र प्रहरी निरीक्षक थापाका अनुसार भारतीय बजारबाट भन्सार छली ल्याएको २ लाख बराबरको पटका सहित ४ वटा साईकल पक्राउ गरी आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाउने थापाले बताए ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्