Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रावणको पुत्ला दहन भैइरँदा ५ सेकेन्डमा ६१ जना मारिए, केही नेपाली पनि रहेको आशंका

दशैंको अवसरमा रावणको पुत्ला दहन गरिरहेको भीडलाई रेलले ठक्कर दिँदा भारतको अमृतसरमा ६१ जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीले दुइ सय जना मारिएको दावी गरेका छन् ।

शुक्रबार पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले जोडाफाटकमा रेलवे ट्रयाक नजिकै दसहराको साँझ रावणको पुत्ला दहन गरिरहेको जनसमूहलाई ठक्कर दिएको हो । विभत्स दुर्घटनामा एक सय बढी घाइते भएका छन् ।

घट्नामा केही नेपाली पनि परेको आशंका गरिएको छ । रोजगारीको शिलसिलामा निकै धेरै संख्यामा नेपालीहरु पंजाव जानेकरेका छन् ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले ठक्कर दिँदा विभत्स दुर्घटना भएको बिबिसीले जनाएको छ ।

अमृतसर प्रहरीले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

मोदीको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रकाशित मिति: Oct 20, 2018

प्रतिक्रिया दिनुहोस्