Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको अधिनायकवादविरुद्ध लड्न कांग्रेस बलियो बन्नुपर्छ : महत

काठमाण्डौ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले अहिलेको नेतृत्वले उदारताका साथ सबै तहका नेता कार्यकर्ताको भनाईलाई ध्यानमा राखेर निर्णय गरिरहेको दावी गरेका छन् ।

अहिलेको नेतृत्वले गर्न सक्ने जति सबै काम गरेको दावी गर्दै महतले पार्टीलाई बलियो बनाउनका लागि कुनै कसर बाँकी नरहेको बताए ।

केपी ओली नेतृत्वको सरकारबाट जनता आजित भएको उल्लेख गर्दै उनले अब कांग्रेस आन्तरिक रुपमा बलियो बनेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिले आफूहरु पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रित भएको जिकिर गरे ।

चुनावको नतिजाका आधारमा कांग्रेसप्रतिको समर्थन घट्यो भन्ने तर्कको खण्डन गर्दै महतले मत प्रतिशत विगतमाभन्दा बढि आएको बताए । आगामी चुनावका लागि भने कांग्रेसप्रतिको जनसमर्थन बढाउन जरुरी रहेको उनको भनाई छ ।

ओली नेतृत्वको सरकारको कार्यशैली अधिनायकवादी भएको भन्दै महतले देशमा समस्या थपिइरहेको तर सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति: Oct 15, 2018

प्रतिक्रिया दिनुहोस्