Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम श्रद्धाञ्जलीका लागि बास्तोलाको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा (तस्बिरमा)

काठमाडौं : शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेसका अन्य नेता तथा कार्यकर्ता एवं अन्य पार्टीका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि बास्तोलाको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता बास्तोलाको शनिबार राति ललितपुरको  खुमलटारस्थित निवासमा निधन भएको थियो ।

विसं २०६९ सालको पुसमा विराटनगरमा एउटा कार्यक्रममा सहभागी भइरहेकै समयमा उनलाई मस्तिष्कघात भएको थियो । त्यसयता उनको होस आएको थिएन ।

 

 

 

 

 

प्रकाशित मिति: Oct 14, 2018

प्रतिक्रिया दिनुहोस्