Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् सीके राउतका सहयोगीहरु, जसमाथी प्रहरी-प्रशासनको छ विशेष निगरानी

काठमाण्डौ : नेपालबाट मधेशलाई टुक्राएर अलगै देश बनाउने अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका प्रमुख सिके राउतका सहयोगहिरुको खोजी तिनिहरुमाथी विशेष निगरानी बनाउने अभियानमा नेपाल प्रहरी लागेका छन् । प्रहरी दिवसको उपलक्षय पारी केहि संचारकर्मीहरुसँगको विशेष साक्षत्कारमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले त्यसको जानकारी दिएका हुन् । उनले भने सिके राउत भन्दा पनि उनका सहयोगहिरु प्रति हाम्रो विशेष नजर छ हामिले सबै खालको छानविन र निगरानी बढाएका छौं । सिके राउतको अभियानका नाममा यहाँ आर्थिक अभियानदेखि बिभिन्न किसिमका भइरहेका कार्यक्रमहरु प्रति पनि हाम्रो नजर छ । उनले भने समय आएपछि हामि सबै छताछुल्ल गर्छौ ।

राउतको गिरफ्तारीपछि उनलाई सहयोग पुऱ्याउनेहरूको बारेमा पनि खोजीनिती शुरु भएको छ । पश्चिमी मुलुकसम्बद्ध गैरसरकारी संस्था तथा इसाई मसिनरीहरूको लगानीमा नेपाललाई विभाजित तुल्याउने सीकेको अभियान सञ्चालन भइरहेको विश्वास गरिएको छ । सीकेलाई दुई नम्बर प्रदेश सरकारका न्यायाधिवक्ता दीपेन्द्र झा, कैलाश महतो, परबिन्दर भगत, बीपी साह, सीकेका सहपाठी तुलानारायण साह र सीकेलालदेखि बेलायत बस्ने सूर्य सुवेदीसम्मले कुनै न कुनै रूपमा सहयोग पुऱ्याउने गरेको देखिन्छ । काठमाडौंमा रहेका अधिकांश मधेसी डाक्टर, इन्जिनियर तथा युरोप-अमेरिकामा बसेर प्रतिमहिना दश हजार डलरभन्दा बढी कमाइ गर्ने मधेसी मूलका नेपाली पनि सीकेको सहयोगी रहेको बताइन्छ ।

प्रहरीका अनुसार विशेश्वर प्रसाद साह पुरा नाम भएका धनुषाका बिपि साहले राउतको गतिबिधिलाई बिभिन्न संचारमाध्यममा सम्प्रेशन गराउने जिम्मा लिएका छन् । ‘हुलाकी न्यूज’ नामक एक अनलाईन पनि उनीहरुले संचालन गरिरहेका छन् । प्रहरी श्रोतका अनुसार एक जना इन्जिनियर दिपक साह राउतको पिआर मेनेजमेन्टको कार्यमा संगलग्न रहेका छन् ।

सूर्य सुवेदीले ‘ग्लोबल पोलिसी फोरम’ नामक संस्था स्थापना गरेर सोही संस्थामार्फत सीके राउतका गतिविधिलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने काम गरेको पाइएको छ । सुवेदीले गत वर्षको जुन महिनामा लन्डनमै एक सेमिनारको आयोजना गरी विखण्डनको पक्षमा वातावरण बनाउने काम गरेका थिए । सेमिनारमा उपस्थित गराइएको मधेसी मूलका गैरआवासीय नेपालीले सन् २०३० सम्ममा मधेस स्वतन्त्र राज्य हुन्छ भनेर घोषणा गरेका थिए । त्यसअघि २०१६ मा अभिषेक पी लालमडी नामक भारतीय अमेरिकीले जापानबाट प्रकाशित हुने ‘डिप्लोम्याट’ नामक म्यागेजिनमा एक लेख लेखी मधेसलाई भारतमा गाभ्न सुझाव दिएका थिए ।

उनले क्रिमियाझैँ जनमतसङ्ग्रह गरेर मधेस छुट्याउन सकिने भन्दै त्यस्तो अवस्थामा रसिया, बेलायत, फ्रान्स र अमेरिकालगायतका मुलुकले नेपाललाई साथ नदिने ठोकुवा पनि आफ्नो लेखमा गरेका थिए । सीके राउतले पनि जनमतसङ्ग्रहमार्फत नै मधेस टुक्र्याउने धारणा सार्वजनिक गर्दै आएका छन् । यसरी लालमडीले लेख लेखेको एक वर्षपछि सूर्य सुवेदीले लन्डनमा रहस्यमयी सेमिनारको आयोजना गरेका थिए । कुनै समय वामपन्थी विद्यार्थी नेता रहेका शरणविक्रम मल्लको निकटस्थ सूर्य सुवेदी पोखराका राधेश्याम कमारो मन्त्री हुँदा उनको स्वकीय सचिव बनेका थिए ।

निजामती सेवाको शाखा अधिकृतको रूपमा पीए बनेका सुवेदी राष्ट्रिय योजना आयोगको कोटामा अध्ययन बिदा लिएर एलएलएम र पीएचडी गर्न बेलायत गएका थिए । बिदाको अवधि सकिएपछि पनि लामो समयसम्म नेपाल नफर्किएका उनलाई पाँच वर्षभन्दा पछि नेपाल आउँदा कानुन मन्त्रालयले हाजिरी गर्न दिएन । त्यसपछि सुवेदी बेलायत नै फर्किएका थिए । उनले नेपाली नागरिकता त्यागे–नत्यागेको स्पष्ट नभए पनि बेलायती नागरिकता लिएको र बेलायती नागरिककै रूपमा त्यहाँ सेवारत रहेका छन् ।

लिड्स विश्वविद्यालयमा पढाउने सुवेदीले रानी एलिजाबेथको सल्लाहकार बनेर पनि सेवा गरेका थिए । तात्कालिक अमेरिकी राष्ट्रपति बाराक ओवामासँग समेत मित्रवत् सम्बन्ध बनाएका सुवेदीलाई ओबामाकै सिफारिसमा ‘स्पेसल ऱ्यापोटर’ बनाएर कम्बोडिया पठाइएको थियो । कम्बोडियामा रहँदा त्यहाँको सरकारविरुद्ध क्रियाशील भएपछि सुवेदीलाई कम्बोडियाबाट निकाला गरिएको थियो । यिनै सुवेदीले कुनै न कुनै रूपले सीके राउतका गतिविधिलाई प्रोत्साहन गर्ने गरेको बुझिएको छ ।

लामो समयदेखि पृथकतावादी क्रियाकलापमा संलग्न सीके राउत यसअघि पनि पक्राउ पर्दै छुट्दै गरेका छन् । प्रहरीले पक्राउ गर्ने र न्यायालयले छुटकारा दिने क्रम चल्दाचल्दै राउतको प्रभाव विस्तार हुँदै गएको छ । यसपटक पनि राउतले कुनै न कुनै किसिमले छुटकारा पाउने अनुमान गरिएको छ । जातीयता र क्षेत्रीयताको पक्षधर प्रचण्डको सिफारिसमा गृहमन्त्री बनाइएका रामबहादुर थापा बादल सीके राउतको पृथकतावादी गतिविधिविरुद्ध कठोर कदम चाल्ने स्थितिमा नरहेको ठानिन्छ ।

प्रचण्ड र बादल विखण्डनकारी सीकेभन्दा अर्को राजनीतिक परिवर्तनको पक्षमा क्रियाशील नेत्रविक्रम चन्द खतरनाक रहेको ठान्दछन् । देशविरुद्ध गतिविधि गर्नेहरूभन्दा सत्ताका विरुद्ध सङ्घर्ष गर्नेहरूलाई खतरनाक ठान्ने सोचले पनि सीके राउतलाई नै सहयोग पुऱ्याइरहेको छ । बरु मधेसकेन्द्रित राजनीतिक दलहरूले भने सीके राउतका गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरू सीकेका गतिविधिमाथि नियन्त्रण गरियोस् भन्ने चाहना राख्दछन् ।

 

प्रकाशित मिति: Oct 11, 2018

प्रतिक्रिया दिनुहोस्