Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले पिटेको भए ऐश्वर्या जिवित रहने थिइनन्ः सलमान खान

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंग पुरानो हो । तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् ।

त्यसो भए यो प्रकरणलाई फेरि किन फर्केर नहेर्ने त ? ऐश्वर्याले सार्वजनिकरुपमै स्वीकारेकी छिन् सलमानले आफूमाथि हातपात गरेको कुरा । यो उनीहरु अफेयरमा रहँदाको घटना हो । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन्, ‘उनले मलाई अन्य सहकर्मी कलाकारहरुसँग नजिकिएको भनेर शारीरिक र मानसिक आक्रमण गर्थे । भाग्यवश, मेरो शरीरमा कुनै चोटपटक लागेन । त्यसैले म केही नभएजस्तो गरी बसेँ ।’

सलमानको टर्चर सहन नसकेर आफूले प्रेम सम्वन्ध तोडेको ऐश्वर्याले बताएकी छन् । तर, त्यसपछि पनि दुख दिन नछोडेको उनी बताउँछिन् । ‘मैले कल रिसिभ नगर्दा उनी आफैंलाई चिथोर्थे,’ ऐश्वर्याले भनेकी छन् । तर, सलमान यो कुरा स्वीकार्न तयार छैनन् । अहिले सामाजिक सञ्जालमा आइरहेको एउटा भिडियोमा उनले दिएको जवाफ रोचक छ ।

के तपाईंले कुनै महिलालाई हातपात गर्नुभएको छ ? भनी पत्रकारले सोधेको प्रश्नमा सलमान भन्छन्, ‘हो, एउटी महिला (ऐश्वर्यालाई ईंगित गर्दैं) ले यस्तो आरोप लगाएकी छिन् । यदि साँच्चै मैले हात हालेको भए सायद उनी जिवित रहने थिइनन् । मेरो मड्की कति बलियो त दुनियालाई थाहा छ ।’

ऐश्वर्या सलमानलाई छोडेर विवेक ओबरायसँग सम्वन्ध गाँस्न पुगेकी थिइन् । तर, उनले बिहे भने अभिषेक बच्चनसँग गरिन् । यता सलमान चाहिँ अहिलेसम्म अविवाहित नै छन् । ऐश्वर्यापछि उनले थुप्रै प्रेमिका फेरिसकेका छन् । अहिले उनको सम्वन्ध रोमानियाकी मोडल लुलिया वन्तुरसँग छ ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्