Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सार छली ल्याइएको डेढ करोडको सामान बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताए ।

भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो । सो अवधिमा लागुऔषध डाइजोल्याब ८५७ थान, नोल्फीस ८६१ थान, फेनारगन ८६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्