Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको अर्को शानदार जित : पारसको अर्धशतक-सन्दीपको पाँच विकेट

काठमाडौँ : ICC ले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ । क्वालालम्पुरमा मलेसियाले प्रस्तुत गरेको १०१ रनको लक्ष्य नेपालले मात्रै दुई विकेटको क्षतिमा भेट्टाएको हो । नेपाली टोलीका लागि कप्तान पारस खड्काले ३७ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा नटआउट ५२ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा दुई चौका र एक छक्काको सहयोगमा नटआउट २७ रन बनाए ।

नेपालका बसन्त भण्डारी १२ तथा अनिल साह एक रन बनाएर आउट भए । दोस्रो खेलमा नेपालले शनिबार मलेसियालाई ८ विकेटले हराएको हो । पहिलो खेलमा म्यानमारमाथि पनि नेपालले ८ विकेटकै जित दर्ता गरेको थियो । यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ्ग गरेको मलेसियाले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर १०० रन बनायो ।

मलेसियाका लागि शाफिक शरिफले ३७ बलमा सात चौका र दुई छक्काको सहयोगमा ४९ रन तथा सैयद अजिजले १५ बलमा १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपालका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा मात्रै २० रन खर्चेर पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले तीन विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिए ।

पहिलो खेलमा म्यानमारमाथि ८ विकेटको शानदार जित निकालेको नेपाली टोली उत्साहका साथ मैदानमा छ । मलेसियाले पनि पहिलो खेल जितेको छ । नेपाल रहेको समूहमा मलेसियासँगै म्यानमार, भुटान, थाइल्याण्ड, सिंगापुर र चीन रहेका छन् ।

प्रतिस्पर्धाको शीर्ष तीन टोली छनौटको दोस्रो चरणमा पुग्ने छन् अर्थात एसियाली छनौटमा पुग्ने छन् । एसियाली छनौटमा ६ टिम हुनेछन् र त्यसका शीर्ष दुई टिम विश्वस्तरीय छनौटमा पुग्ने छन् । विश्व स्तरको छनौटमा ट्वेन्टी–ट्वेन्टी बरियतामा अन्तिममा रहेका ६ टिम र विभिन्न पाँच क्षेत्रबाट छनौट भएर आएका ८ टिम हुनेछन् ।

सन्दीप लामिछाने

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्