Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा रहेका मधेसी युवाहरुद्वारा सीके राउतविरुद्ध असहयोग आन्दोलनको घोषणा

संयुक्त राज्य अमेरिकामा रहेका मधेसी समुदायका नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको थियो ।

त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई. अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं), सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा), जितेन्द्र साह (धनुषा)को उपस्थिति रहेको थियो ।

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् । आफूहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए ।

त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्