Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, यस हप्ताको साप्ताहिक राशिफल (भिडियो सहित)

यस हप्ताको साप्ताहिक राशिफल : आश्विन १४ गतेदेखि २० गतेसम्म

मेष
यो साता आर्थिक उन्नति, प्रगतिको योग छ। नयाँ सवारी साधनको योग बन्नेछ। मान-सम्मान, प्रतिष्ठा मिल्नेछ। पारिवारिक सुख, समृद्धि मिल्ला। साहित्य र सङ्गीतमा निकै रूचि बढ्नेछ। देश-विदेशको योग बन्नेछ। यात्रा सहज रहला। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्ने देखिन्छ।

वृष
साता उत्कृष्ट छ। आर्थिक उपार्जनका मार्गहरू देखिएका छन्। यात्रा सुखद रहनेछ। राजनीतिक क्षेत्रमा मान-सम्मान, प्रतिष्ठा मिल्नेछ। दाजुभाइ र परिवारबीचको सम्बन्ध राम्रो हुने देखिन्छ। खानपानमा थोरै विचार पुऱ्याउनुपर्ने साता रहेको छ।

मिथुन
साता सामान्य तरिकाले बित्ला। घरमा केही झैझमेला हुन सक्नेछ। खुसी, उत्साह र उमङ्ग बढ्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। दाम्पत्य जीवनमा माया, प्रेम बढ्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। देश-विदेशबाट खुसीको खबर प्राप्त हुने योग रहेको छ। व्यापार व्यवसायमा राम्रो छ। जागिरेहरूका लागि अशान्तिको साता देखिन्छ।

कर्कट
स्वास्थ्यमा निकै सुधार हुनेछ। पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभको साता रहेको छ। देश-विदेश जाने योग पनि देखिएको छ। काममा निकै प्रगति हुनेछ। साहित्य र साङ्गीतिक क्षेत्रमा मन जाने देखिन्छ। आध्यात्मिक पक्ष राम्रो भएर जानेछ।

सिंह
विद्या, बुद्धि बढ्नेछ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दाजुभाइबीचको सम्बन्ध निकै प्रगाढ हुनेछ। नयाँ सवारी साधनको योग बन्नेछ। आर्थिक उपार्जनका बाटाहरू प्रशस्त रहनेछन्। दाम्पत्य जीवनमा कटुता बढ्नेछ।

कन्या
दाजुभाइबीचको सम्बन्ध निकै प्रगाढ हुनेछ। जागिरेहरूका लागि साता राम्रो देखिएको छ। व्यापार व्यवसायमा लाभ हुनेछ। स्वास्थ्यमा केही समस्या रहनेछ। लेनदेनमा भने विचार पुऱ्याउनुपर्नेछ।

तुला
व्यापार व्यवसायमा लाभ हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। कृषि क्षेत्रमा निकै राम्रो छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। दाजुभाइबीचको सम्बन्ध निकै प्रगाढ हुनेछ। आर्थिक पक्ष सबल रहला। राजनीतिक र सामाजिक क्षेत्रमा मान-सम्मान, प्रतिष्ठाको योग रहेको छ।

वृश्चिक
कृषि क्षेत्रमा लाभको साता रहेको छ। राजनीतक र सामाजिक क्षेत्रमा पनि निकै राम्रो देखिन्छ। व्यापार व्यवसायमा मध्यम छ। दाम्पत्य जीवनमा कटुता रहला। नचाहिँदा झुटा आरोप सहनुपर्ने देखिन्छ। देश-विदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। खेलाडी वर्गका लागि साता उत्कृष्ट रहेको छ। विद्यार्थीहरूका लागि भने साता सामान्य रहेको छ।

धनु
साता उत्कृष्ट रहनेछ। आर्थिक उपार्जनका बाटाहरू प्रशस्त रहनेछन्। व्यापारबाट निकै लाभ प्राप्त हुनेछ। घरपरिवारको सहयोग पाइनेछ। कृषि क्षेत्रमा लाभको साता रहेको छ। यात्रा सहज बन्नेछ। दाजुभाइबीचको सम्बन्ध निकै प्रगाढ हुनेछ। नयाँ कामका योगहरू बन्नेछन्।

मकर
व्यापारबाट निकै लाभ प्राप्त हुने देखिएको छ। घरपरिवारको सहयोग रहनेछ। दाजुभाइबीच केही अप्ठ्यारा पक्ष आए पनि बुधबार, बिहीबार र शुक्रबार राम्रो देखिएको छ। नयाँ कार्यको थालनी होला। देश-विदेशबाट खुसीको खबर प्राप्त हुनेछ। राजनीतिक क्षेत्र सामान्य रहेको छ। घरपरिवारमा सुख, शान्ति, समृद्धि रहनेछ ।

कुम्भ
विद्या, बुद्धि बढ्नेछ। व्यापारमा मध्यम लाभ छ। लेनदेनमा भने निकै विचार पुऱ्याउनुपर्ने देखिन्छ। पारिवारिक र दाम्पत्य जीवनमा केही अप्ठ्यारा पक्ष आउनेछन्। सवारी साधनमा केही विचार पुऱ्याउनुपर्ने देखिन्छ।

मीन
साताभर सुख, शान्ति, समृद्धि छाउनेछ। व्यापार व्यवसायमा लाभ छ। दाम्पत्य जीवन राम्रो हुनेछ। लेनदेनमा भने निकै विचार पुऱ्याउनुपर्ने देखिन्छ। घरपरिवारको राम्रो साथ र सहयोग प्राप्त हुनेछ। पारिवारिक सुख, शान्ति र समृद्धि मिल्नेछ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्