Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्षम र सफल छ : प्रधानमन्त्री, केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्षम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले धम्की र चेतावनीको भाषाबाट द्वन्द्वको समाधान नहुनेमा जोड दिए ।

संयुक्त राष्ट्र संघको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ (एक्सन फर पिसकिपिङ) को बैठकमा प्रधानमन्त्री ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने बताए ।

उनले नेपालले द्वन्द्वको राजनीतिक समाधान खोज्ने आफैं खोज्न सफल भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र संघको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको बताए ।

उनले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको उल्लेख गरे । उनले भने, ‘संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त वचन बद्धताको घोषणापत्र’ बाट शान्ति प्राप्त गरी फरक बनाउन चाहेको काम सम्पन्न गर्न सकिने भएकाले आफूले यसलाई समथर्न गरेको बताए ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलेको ‘शान्ति स्थापनार्थ कारवाही’ ९एक्सन फर पिसकिपिङ) को प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो । शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा समझदारी साझेदारी गर्नु तथा स्थगलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संयुक्त राष्ट्र सङघको मुख्यालयको ट्रस्टिसिप च्याम्बरमा आयोजित …शान्ति स्थापनार्थ कारवाही’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै । तस्वीर : सुरेन्द्रबहादुर नेपाली

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्