Logo
१५ बैशाख २०८१, शनिबार
(September 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अञ्चलमय बन्दै प्रदेशहरु : प्रदेश ७ को नाम सुदूरपश्चिम राख्न सिफारिस

धनगढी : देश संघीयतामा गएपनि प्रदेशहरुको नाम भने धँमाधम अञ्चलीकरण हुन थालिएको छ । कर्णाली, गण्डकीपछि अब भने सुदूरपश्चिमको नाम सिफारिस भएको छ ।  प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।

नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो ।

यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । यसैगरी, कैलालीको अत्तरिया क्षेत्र पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानी तोक्ने सिफारिस पनि समितिले गरेको छ ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले नेपाली सेनाको ब्यारेक पनि प्रदेश राजधानी गोदावरी नगरपालिका ४ तेघरी वरपर नै राख्न सिफारिस गरेको छ ।

प्रदेशसभाले समितिको प्रतिवेदन बुझे पनि मंगलबारको बैठकमा त्यस विषयमा थप छलफल र निर्णय भएको छैन ।

प्रकाशित मिति: Sep 25, 2018

प्रतिक्रिया दिनुहोस्